arrow

तरुण दल नयाँ नेतृत्वमा दर्जन बढिको दाबी

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
tarun-dal-with-pawan-bhattarai.jpeg
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको यही कार्तिक २७ गतेबाट हुने चौथो महाधिबेशनका लागि दर्जन बढि अध्यक्षका प्रत्यासीहरु मैदानमा उत्रिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा चौथो महाधिबेशनका लागि अध्यक्षका प्रत्यासीहरुले आफ्नो जित सुनिश्चित भएको समेत उद्धघोष समेत गरेका थिए । उनीहरुले महाधिवेशनको मिति पाँच–पाँच पटक तोकेर पनि स्थगित् भएकोमा गम्भिर असन्तुष्टि पोख्दै अब तोकिएको मिति कुनै हालतमा सार्न नुहने जिकिर गरे ।
 
अध्यक्ष प्रत्यासीहरुले यही कार्तिक २७ देखि २९ गते तोकिएको महाधिबेशन सम्पन्न निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरुमा करिब दर्जन तरुण नेताले आफ्नो उम्मेद्धवारी समेत घोषणा गरे । अध्यक्षका प्रत्यासी नारायणप्रसाद भट्टराईले कसैप्रति बैरभाव राखेर, कुण्ठा बोकेर भन्दापनि पार्टीको विधि विधान स्विकार गर्दै कुशल क्षमताको आधारमा संगठनको नेतृत्वमा आफ्नो उम्मेद्धारी रहने दाबी गरे ।
 
उनले भने ‘कुनै दाईको नाताले संगठन चल्दैन, लोकतन्त्र कुनै नारा होईन, लोकतन्त्र कुनै भाषण होईन्, लोकतन्त्र भनेको जनताको जीवन हो, अब यसलाई व्यबहारमा उर्तानको लागि म मैदानमा उत्रिएको छु ।’ उनले संगठनलाई जीवन्त तुल्याउनको लागि आफूले विगत लामो समयदेखि काम गरिरहेको बताउँदै आफूलाई नेतृत्वमा विजयी गराउन सबैसँग अपिल समेत गरे । 
 
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी टेकराज पौडेलले संगठन्मा आफ्नो लामो अनुभव र साथीहरूको आग्रहको आधारमा आफूले उम्मेद्धवारी दिएको जिकिर गरे । कार्यक्रममा नेतृत्वका अर्का प्रत्यासी दिनेश राईले तोकिएकै समयमा पार्टीले महाधिबेशन सम्पन्न गर्न नसके १३ सय प्रतिनिधिहरूको आत्माले सिँगो पार्टी नेतृत्वलाई सराप्ने बताउँदै निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनको लागि माग गरे । 
  
उनले संगठनमा देखिएको वर्तमान सानातिना समस्याहरुलाई केही साथीहरुले तिललाई पहाड बनाउने काम गरेको आरोप लगाउँदै भने,‘महाधिबेशन रोक्ने वा विथोल्नेजस्ता अनेक प्रवृत्ति देखिएका छन्, यस्ता कुरा तरुणहरूले गर्नु उचित हुँदै, अब सिँगो संगठन नै महाधिवेशन सफल बनाउनतिर लाग्नुपर्छ ।’
 
एक दर्जन अध्यक्षका प्रत्यासि मध्येकी एक्ली महिला उम्मेद्धवार लक्ष्मी खतिवडाले आफु बोल्नेभन्दा काम गर्ने मान्छे भएकाले सबै साथीकोबीचमा प्रिय नेताको रुपमा चिनिएको र यो संगठनलाई बलियो बनाउनको लागि आफ्नो उम्मेद्धवारी रहने बताएकी छन् । अध्यक्षका अर्का प्रत्यासी पदम पालुङगाले पार्टीका सभापतिलाई गालि गर्ने र अनुशासन भन्दा बाहिर गएर मन मर्जी तरिकाले बोल्दै हिँड्ने हैसियत नराख्न अनुरोध गरे । 
 
त्यस्तै काँग्रेस महासमिति सदस्य एव्म लमजुङ जिल्लाका तरुदल अध्यक्ष रमेश कुमार पाण्डेले पार्टीले ठाउँ–ठाउँमा पसल खोल्दै हिँडेको भन्दै यस्ता पसलहरू तत्काल बन्द हुनुपर्ने माँग गरे । उनले अर्को प्रसँगमा नेपाली काँग्रेस जस्तो विचारको पार्टी भनेर आफुलाई भन्ने तर तरुणहरूलाई विभिन्न पसलमा गएर समान किन र बाँच भन्नु जस्तो दुःखद कुरा अर्को केही नहुने गुनासो पोखे । 
 
फरक प्रसँगमा अबको तरुण दल डर, भर र रहर लाग्दो हुनुपर्ने, पार्टीभित्रका गुमनाम साथीहरूको न्यायको लागि र आशन्न महाधिबेशनमा आफ्नो उम्मेद्धवारी पार्टीभित्र र भातृसंगठनभित्र देखिएको गुटको अन्त्य गर्नको लागि रहने बताए ।  त्यस्तै अर्का उम्मेद्धवार कर्ण बहादुर मल्लले आफ्नो गुट भनेको नेपाली काँग्रस रहेको बताउँदै आशन्न महाधिबेशनमा आफ्नो उम्मेद्धवारी संगठन बलियो बनाउने र आन्तरिक एकता मजबुत पार्ननको लागि रहेको दाबी गरे । 
 
अर्का उम्मेद्धवार मिनकृष्ण महर्जनले संबिधान कार्यान्वयन र जनताले भोगेका दुःखलाई सरकारसामु लैजाने र समृद्ध समाजको बिकासको लागि आफ्नो उम्मेद्धवारी हुने बताए । संगठनको केन्द्रिय कार्यसमिति सदस्य जन्मदय तिमिल्सिनाले आजसम्म आफ्नो आधिकारिक उम्मेद्धवारी नभएको भन्दै पार्टीले विश्वास गरेर आफुलाई अध्यक्षमा लड्ने अवसर दियो भने मात्रै आफु खुलेर लाग्ने स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ