arrow

बहिर्गमित लडाकुका ‘कमाण्डर’ भन्छन्– 'सरकार र पार्टी जान्दैनाैँ, पेरिसडाँडामै आन्दोलन'

प्रचण्डले गरेनन् भने शेरबहादुरले के गर्लान्

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
party_office.jpeg

काठमाडौं । माओवादी केन्द्रकै केन्द्रीय कार्यालय कब्जा गर्न पुगेका बहिर्गमित पूर्व लडाकुले पार्टी मुख्यालय पेरिसडाँडामै शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । विगत लामो समयदेखि विभिन्न माग राखि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार एका–एक पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी समेतलाई भित्रै थुनेर कार्यालय कब्जा गरे ।

प्रहरी प्रशासनले सोमबार उनीहरुलाई हटाउने प्रयत्न गर्दा सकेन । मंगलबार विहान प्रहरीले सरकारको निर्देशनमा बल प्रयोग गरेर त्यहाँ बसेका जतिलाई भ्यानमा हालेर नियन्त्रणमा लिएको छ । उनीहरुले आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दा सुनेको नसुन्यै गरेको भन्दै  जिम्मेवार पार्टी माओवादीनै सरकारमा भएका बेला माग पूरा गर्नु पर्छ भनेर सशक्त आन्दोनमा उत्रिएको बताएका छन् ।

काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी मुख्यालय भित्रबाट ताला लगाएर उनीहरुले सोमबार उनीहरुले कसैलाई छिर्न दिएका थिएनन् । सोमबार राति प्रहरीले ताला फोड्ने प्रयास गरेको थियो, ‘रातिको समयमा उनीहरुले बल प्रयोग गर्न खोजे पेरिसडाँडा नै ध्वस्त पार्ने चेतावनी दिएका थिए ।’ मंगलबार विहान प्रहरीले बल प्रयोग गरी हटाएको प्रहरी नायव उपरीक्षक नाराणप्रसाद चिमोरियाले बताए ।

नेपाल पुलिस क्लबमा आफ्ना ८९ जना साथीहरुसँग रहेका बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष एवं संघर्ष समितिका संयोजक (कमाण्डर) लेलिन विष्टले हाम्राकुरासँग कुरा गर्दै भने, ‘अब हामी पेरिसडाँडामै शान्तिपूर्ण आन्दोलन गर्र्छौँ । माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ यही बेला आन्दोलन गर्नुको कारण ? उनले भने, ‘हामीले अहिले हैन हामीलाई अयोग्य भन्न थालिए देखि नै आन्दोलन थालेका हौं । दुरुपयोग गर्ने माओवादी नै भएकाले माओवादीकै सरकारको पालामा माग पूरा हुनु पर्छ भन्ने हाम्रो भनाई हो । हामी सरकार वा पार्टी केही जान्दैनौं ।

माग पूरा हुनु पर्दछ ।’
पार्टी कार्यालयमा बस्ने दुई सय बढीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ, उनले अगाडि भने, ‘प्रचण्डले माग सम्बोधन गरेनन् भने शेरबहादुरले के गर्लान् ? ।’ हामीलाई घर फर्किदा १० हजार दिएको थियो । उनले गुनसो गर्दै भने, ‘पहिले सबै व्यवस्थापन राज्यले गर्ने भनेर फकाइयो । अहिले पूर्ण बेवास्ता गरियो ।’

विष्टका अनुसार अयोग्य शब्द हटाउनु पर्ने, दीर्घकालिन व्यवस्थापन गर्नुपर्ने, स्वेच्छिक अवकास सरह सेवा सुविधा पाउनु पर्ने र जेलमा रहेकाहरुलाई निशर्त रिहा गर्नु पर्ने माग छन् । बहिर्गमित पूर्व लडाकु मध्ये ३०–४० जना अझै जेलमा छन् । उनीहरु विभिन्न मुद्दामा जेल परेका हुन् । मंगलबार विहान नियन्त्रणमा लिएकाहरुलाई समेत नेपाल पुलिस क्लब, दरबारमार्ग, सिंहदरबार वृत्त र तीनकुने वृत्तमा राखिएको छ ।

विष्ट आफूहरु ४ सय भन्दा बढी कार्यालय घेर्न पेरिसडाँडा पुगेको बताए । त्यसमा महिला र बालबालिका पनि थुप्रै छन् ।
पूर्व लडाकुबीचमा किन दुई धार ?
बहिर्गमित पूर्व लडाकुमा पनि दुई धार देखिएका छन् । पहिले विष्ट रहेको समूहका उपाध्यक्ष रहेका अर्जुन बुढाथोकीले छुट्टै समूह खडा गरेका छन् । विष्टले भने, ‘उहाँहरु छुट्टै समूहमा भएपनि आन्दोलनको एजेण्डा एउटै हो । उनीहरु मध्ये केही पार्टीको र नेताको निर्देशन मान्ने भएका कारण हामीबीच नअटाएका हुन् ।’ दुबैको आन्दोलन अन्यायमा परेका लडाकुकै पक्षमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ