arrow

आजको मौसम

केही स्थानमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
humla-snows-new.jpg

काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ