arrow

दोहोरी साँझमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
Aaglagi.jpg

पोखरा । पोखराको सृजनाचोकस्थित एक दोहोरी साँझमा आगलागी भएको छ । पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा बुधबार बिहान करिब ६ः३० बजे आगलागी भएको हो । 

विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगोलाई स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

आगो नियन्त्रणका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुंँवरको कमाण्डमा १५ जना प्रहरी खटिएका थिए ।   

आगलागीबाट ५० हजार रुपैयाँ नगद, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, साउण्ड सिस्टम, फ्रिज, ग्यास गिजर, टिभि, सोफा लगायतका सामानहरू जलेर नष्ट भएका छन् ।

आगलागीबाट करि ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

भवनको तेश्रो तल्लामा रहेको दोहोरी साँझमा आगलागी भएपनि घरमै रहेका अन्य कार्यालय तथा पसलहरु सुरक्षित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ