arrow

सङ्घीय संसद्को महासचिवको जिम्मेवारी पाण्डेयलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
parliament-house.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवको जिम्मेवारी दिइएको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका हुन् । ।

महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए। 

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ । 

हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ