arrow

कर्मचारी संगठनको मलेपकामा पनि दोहोरियो नेतृत्व, को–को बने केन्द्रीय प्रतिनिधि ?

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
NGEO1.jpeg
काठमाडौ । एमाले निकट कर्मचारीहरूको संस्था नेपाल निजामती कर्मचारी संगठनको पहिलो विभागीय निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । सोमबारदेखि सुरूभएको संगठनको देशव्यापी अधिवेशनको क्रममा मंगलबार महालेखा परीक्षकको कार्यालयमा अधिवेशन भएको थियो ।
 
अधिवेशन सुरू भएको दोस्रो दिन महालेखा परीक्षकको कार्यालय विभागीय समितिमा पुरानै नेतृत्व फेरि दोहोरिएको विभागीय कार्यसमितिका उपाध्यक्ष डिल्लीबहादुर वलीले जानकारी दिए ।  
 
वलीका अनुसार संगठनमा अध्यक्षको रूपमा पुनः जयानन्द पाण्डेलाई निर्वाचित गरिएको हो । सर्वसम्मत नेतृत्व दिनकोलागि विहानैदेखि विभागीय कार्यसमितिको कार्यालयमा प्रतिनिधिहरूबीच छलफल भईरहेको थियो ।
 
छलफलबाट उपाध्यक्षमा डिल्लीबहादूर वली र कृपा मरहठ्ठा चयन भएका छन् । त्यस्तै, सचिवमा निर्विकल्प सुवेदी, सहसचिवमा मधु पाण्डे र कोषध्यक्षमा अर्जुन गिरी चयन भएका छन् ।   
 
उता केन्द्रीय प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन गरिएको छ । मंगलबार विहानसम्म पनि यसकोलागि आकांक्षा देखाईरहेकाहरूपछि सहमतिमाआएपछि सर्वसम्मत प्रतिनिधि चयन गरिएको हो । एकजना खुल्ला प्रतिनिधि जान पाउनेमा ४ जनाले आकांक्षा देखाएपछि सहमति हुन सकेको थिएन ।
 
केन्द्रीय प्रतिनिधिकोलागि विहानसम्म कृष्ण दाहाल, शिव आचार्य, टीकानाथ अर्याल, केदार खकुरेलले आकांक्षा देखाएका छन् । त्यस्तै महिला प्रतिनिधिमा भने कल्पना अर्यालको मात्रै आकांक्षा देखाएकी थिईन् । अन्तमा प्रतिनिधिकोरूपमा अर्याल र आचार्य चयन भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ