arrow

धनराज भन्छन् –पटक–पटक अवसर पाएकालाई राष्ट्रिय सभामा ल्याउनु हुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
dhanaraj-gurung-2080-04-05.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पटक–पटक अवसर पाएका र प्रतिनिधि सभाको चुनाव हारेकालाई ल्याउन नहुने बताएका छन् । 

बुधबार बत्तीसपुतलीमा बसेको गगन–शेखर समूहको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै गुरुङले पटक–पटक अवसर पाएकालाई राष्ट्रिय सभामा ल्याउन नहुनेमा आफूहरु दृढ रहेको बताएका हुन् । 

उनले भने, ‘‘पटक–पटक अवसर पाएकालाई राष्ट्रिय सभामा ल्याउनु हुन्न । चुनाव हारेकालाई दिँदा राम्रो सन्देश जाँदैन ।’

गुरुङले महासमिति बैठकको एजेण्डाबारे छलफल गर्न संस्थापनइतर समूहको बैठक बसेको बताए ।

महासमिति बैठकका लागि शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ