arrow

गगन–शेखर समूहको बैठकमा राष्ट्रिय सभामा नयाँ अनुहारलाई जोड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
gagan-shekhar-meeting-27a.jpg

काठमाडौँ । नेपाली कांग्रेसको गगन–शेखर समूहको बैठक बसिरहेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो २ बजेपछि बसेको बैठकमा नेताहरुले विचार राख्ने क्रम जारी रहेको छ । 

विचार राख्ने अधिकांशले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नयाँ अनुहार र समाजमा योगदान गरेर पनि अवसर नपाएकालाई मात्र दिनुपर्नेमा जोड दिएका छन् । 

नेताहरु अर्जुननरसिंह केसी, डा. सुनील शर्मा लगायतले राष्ट्रिय सभामा आफ्ना र लगातार आएकालाई नभई नयाँलाई दिनुपर्नेमा जोड दिएका हुन् । 

बोल्ने अधिकांश वक्ताहरुले यही लाइनमा बोलिरहेका छन् । उनीहरुले ‘नयाँ मानिस हुनुपर्छ । चुनाव हारेकालाई लैजानु हुँदैन । पटक पटक अवसर पाएकालाई नदिने र अवसर नै नपाएकालाई दिनुपर्छ’ भनेका छन् । 

साथै बैठकमा कांग्रेसको आसन्न महासमिति बैठकका विषयमा पनि छलफल भइरहेको छ । 

महासमिति बैठकका लागि आगामी शुक्रबार कार्यसम्पादन समितिको बैठक बस्दैछ । कार्यसम्पादनमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा नेताहरु छलफलमा छन् । 

त्यसैगरी संस्थापन पक्षले फेरि पनि महासमिति बैठक सार्ने चर्चा चलिरहँदा गगन–शेखर पक्षले कुनै पनि हालतमा कुनै पनि बहानामा महासमिति सर्न नहुने बताउँदै आएका छन् । 

बैठक नसरे महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म गोदावरीमा बस्दैछ । यसअघि भने पटक पटक बैठक सर्दै आएको थियो ।  

gagan-shekhar-meeting-27 (1).jpg
gagan-shekhar-meeting-27 (2).jpg
gagan-shekhar-meeting-27 (3).jpg
gagan-shekhar-meeting-27 (4).jpg
gagan-shekhar-meeting-27 (5).jpg
gagan-shekhar-meeting-27 (6).jpg
gagan-shekhar-meeting-27 (7).jpg
gagan-shekhar-meeting-27 (8).jpg
gagan-shekhar-meeting-27 (9).jpg
gagan-shekhar-meeting-27 (10).jpg
gagan-shekhar-meeting-27 (11).jpg
gagan-shekhar-meeting-27 (12).jpg
gagan-shekhar-meeting-27 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ