arrow

ओलीले भने–छिमेकीको सम्बन्धका विषयमा अशोभनीय काम भइरहेको छ

माधव नेपाललाई साथमा लिएर पुगे धनगढी

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
OLI-Ra-nepal-dhn.jpeg

कात्तिक । एमालेअध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गरेका छन् ।

प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा मंगलबार गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन बुझ्नुपर्नेमा जोड दिँदै परराष्ट्र सम्बन्धका विषयमा भइरहेका राष्ट्रिय नीति विपरीतका काममा एमाले सहमत छैन भने ।

संविधान कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड रहेको भए पनि यसतर्फ सरकारले काम नगरेको बताउँदै ओलीले देश, जनता र विकासका पक्षमा संविधान संशोधन हुने भए एमालेले साथ दिने बताए । अध्यक्ष ओलीले भने, ‘कसैको स्वार्थ र आग्रहमा संविधान संशोधन हुँदैन ।’ राष्ट्रिय एकता खल्बल्याउने, अग्रगमन र विकासका कामलाई असफल पार्ने कामका विरुद्धमा एमाले लाग्ने अध्यक्ष ओलीले बताए ।

वर्तमान सरकार गठन भएकै बेलादेखि सरकारका कामकारबाही अनुचित ढङ्गले भइरहेको ओलीको आरोप थियो । पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख विरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रक्रियामा रहेको र यो पारित हुने बताए ।

एमालेको वुधबार हुने सात नम्बर प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष ओलीसहित नेता माधवकुमार नेपाल धनगढी पुगेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ