arrow

सभापति देउवा उच्चस्तरीय भेटवार्तामा

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
deubamodi.jpeg
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । सभापति देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार बिहान १०:४० बजे प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 
 
सो अवसरमा नेपालमा गत वर्ष गएको भूकम्पबाट भएको क्षति र भूकम्प पछिको पुनः निर्माणका सम्बन्धमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले पूर्वगोरखा सैनिकहरु मेहिनती र अनुशासित हुनुका साथै प्राविधिक रुपमा दक्षसमेत रहेका हुँदा पुनः निर्माण कार्यमा उनिहरुलाई संलग्न गराउँदा चाँडै नै पुनः निर्माण कार्य सम्पन्न हुने बताएका छन् । 
 
भेटमा नेपालको संविधान संशोधनलगायत दुई देशबीचको आपसी सम्बन्धका विषयमा समेत छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भेटमा सभापति देउवाले संविधानको कार्यान्वयनका लागि मधेसवादी दललगायत अन्य संसद्मा रहेका राजनीतिक दलसँग संविधान संशोधनका विषयमा छलफल अगाडि बढिसकेको र संशोधित संविधान सबैलाई स्वीकार्य हुने विश्वास व्यक्त गरेका थिए । 
 
भारतीय प्रधानमन्त्री मोदीले नेपाली एकजुट भएको खण्डमा नेपालले दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । सभापति देउवाले सोमबार साँझ राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभाललाई उनकै निवासमा भेट गरेका थिए । सभापति देउवाले मंगलबारै काँग्रेस आइका वरिष्ठ नेता करण सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
 
इन्डिया फाउन्डेसन, गोवाको निमन्त्रणामा प्रमुख अतिथिका रुपमा सभापति देउवा यही कात्तिक १९ गते भारत प्रस्थान गरेका हुन्  । उनि बुधबार अपराह्न १२:४० बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ