arrow

एनएसएलमा इलाममाथि वीरगञ्जको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
nsl-birjung-ilam.jpeg

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार राति सम्पन्न खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

खेलमा शुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् । 

तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बरारीमा ल्याए । 

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे । 

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । 

जसमा विलियम ओपोकुले गोल गर्न सफल भए । 

यस जीतसँगै वीरगञ्जले पाँच खेलमा ५ अङ्क जोडेको छ । इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ