arrow

तीन दिन यस्तो रहनेछ मौसम, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पछिल्लो समय पहाडी भू-भागमा आंशिक बदली तराईमा हुस्सु र हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

भोलि शुक्रबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ