arrow

यी हुन् च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने क्लबहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
UEFA-Champions-League.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यस सिजनको युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड १६ को समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु गएराति सकिएसँगै राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।

राउण्ड १६ मा समूह एबाट बायर्न म्युनिख र कोपेनहेगन, समूह बीबाट आर्सनल र पीएसभी, समूह सीबाट रियाल मड्रिड र नापोली, समूह डीबाट रियाल सोसिडाड र इन्टर मिलान, समूह ईबाट एथ्लेटिको मड्रिड र लाजियो, समूह एफबाट डोर्टमण्ड र पीएसजी, समूह जीबाट म्यानचेस्टर सिटी र आरबी लेप्जिग तथा समूह एचबाट बार्सिलोना र पोर्टो पुगेका छन् ।

त्यसैगरी सबै समूहबाट तेस्रो भएका क्लबहरु युरोपा लिगमा ट्रान्सफर भएका छन् । जसमा समुह एबाट गालातासारे, समूह बीबाट लेन्स, समूह सीबाट ब्रागा, समूह डीबाट बेनिफिका, समूह ईबाट फेयनोर्ड, समूह एफबाट एसी मिलान, समूह जीबाट यङ्ग ब्याइज र समूह एचबाट शख्तर डोनेस्क रहेका छन् ।

 अब राउण्ड १६ को ड्र डिसेम्बर १८ मा हुने छ भने राउण्ड १६ का खेलहरु फेब्रुअरी र मार्चमा हुने छन् ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ