arrow

मणिपालबाट बेपत्ता युवक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
manipal-teaching-hospital.jpg
तस्बिर-फाइल

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् । तनहुँ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्दै आएको १९ वर्षका संगम मित्र आज मृत अवस्थामा भेटिएका हुन् ।

उनी मंसिर २५ गते बिरामी भएर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुगेका थिए । उपचार कै क्रममा सोही दिन साँझदेखि उनी बेपत्ता भएका थिए । 

उनको खोजी गर्दै जाँदा सेती नदीमाथिको झोलुंगे पुलको बीचमा परिचय पत्र र उनले लगाएको कपडा भेटिएको थियो । 

उनी सेती नदीमा हराएको आशंकामा प्रहरीले आज दिउँसो सेती नदीको बाँध खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ