arrow

'कांग्रेसको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नाराबाट निकास निस्कने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
shekhar-koirala-new-08-22.jpg

मोरङ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए । 

उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे । 

केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्र्धनमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ