arrow

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
US-election.jpeg
काठमाडौं। अमेरिकन राष्ट्रपतीय निर्वाचन- २०१६ को मत गणना जारी छ । जसमा २४४ इलेक्ट्रोरल भोटका साथ रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अगाडि छन् । अर्का प्रत्यासी डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन भने २०९ इलेक्ट्रोरल भोटका साथ ट्रम्पलाई पछ्यारहेकी छिन् । 
 
अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ इलेक्ट्रोरल भोटमा उम्मेद्वारलाई २७० इलेक्ट्रोरल भोटको आवश्यकता पर्दछ । अहिलेसम्मको मत परिणामले राष्ट्रपतिमा ट्रम्पको सम्भावना बढी देखएको छ ।
 
सर्वाधिक २९ इलेक्ट्रोरल भोट रहेको ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा पनि ट्रम्प नै विजयी भएका छन् । यो अमेरिकाको ४५ औं राष्ट्रपतीय निर्वाचन हो । 
 
निर्वाचन अघि विभिन्न सर्वेक्षणले क्लिन्टनलाई अगाडि देखाएपनि मत परिणामले भने वाइट हाउसमा ट्रम्पको सम्भावनालाई नजिक देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ