arrow

[अपडेट] अमेरिकी निर्वाचन : ४२ राज्यको मत परिणाममा ट्रम्प नै अगाडि

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
US-election.jpeg
एजेन्सी । मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जसमा ४२ राज्यको मत परिणाम आइसक्दा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अगाडि छन् । अब मात्र ८ राज्यको मत परिणाम आएपछि नयाँ अमेरिकी राष्ट्रपतिको अन्तिम टुंगो लाग्ने छ । 
 
ट्रम्पले २४४ इलेक्ट्रोरल भोट प्राप्त गर्दा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनले २१५ इलेक्ट्रोरल भोट प्राप्त गरेकी छिन् ।   
 
अमेरिकी राष्ट्रपतिमा विजयी हुन कुल ५३८ इलेक्ट्रोरल भोटमा उम्मेद्वारलाई २७० इलेक्ट्रोरल भोटको आवश्यकता पर्दछ । अहिलेसम्मको मत परिणामले राष्ट्रपतिमा ट्रम्पको सम्भावना बढी देखएको छ ।
 
निर्णायक ठानिएका ब्याटलग्राउण्ड राज्यहरुमा समेत ट्रम्प नै विजयी भएका छन् । सर्वाधिक २९ इलेक्ट्रोरल भोट रहेको फ्लोरिडा राज्यमा पनि ट्रम्पले नै अग्रता हासिल गरेका छन् । 
 
निर्वाचन अघि विभिन्न सर्वेक्षणले क्लिन्टनलाई अगाडि देखाएपनि मत परिणामले भने वाइट हाउसमा ट्रम्पको सम्भावनालाई नजिक देखाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ