arrow

औषधि व्यवसायी संघ लमजुङमा अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
lamjung-samiti.jpg

पोखरा । नेपाल औषधि व्यवसायी संघ लमजुङको अध्यक्षमा धनबहादुर अधिकारी निर्वाचित भएका छन् ।

संघको शनिबार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद मिश्र, महासचिवमा ईश्वर जोशी, कोषाध्यक्षमा रमेश दुलाल, सचिवमा दीपक श्रेष्ठ र उपकोषाध्यक्षमा सरोजकुमार श्रेष्ठलाई निर्वाचित गरेको छ ।

संघको कार्यसमिति सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, रमेशचन्द्र भट्टराई, राम बस्नेत, सुदिप त्रिपाठी र सुवास दनाई छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ