arrow

चिनियाँ बाँदरले जितायो ट्रम्पलार्इ !

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
काठमाडौ । सुन्दा पनि अचम्म लाग्न सक्छ कि बाँदरले अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्‍यो भनेर सुन्दा । तर, पछिल्लो अमेरिकी निर्वाचनमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भने चिनियाँ एक बाँदरको भविष्ण्वाणी सही सावित भएको छ ।
 
नेपाली मिति गत कात्तिक २१ गते चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेको थियो । उक्त समयमा जनातले हिलारी क्लिन्टनलाई बलियो रहेको घोषणा गरिरहेकोबेलामा बाँदरले भने ट्रम्पको विजयको संकेत दिएको थियो । त्यो अहिले सावित भएको छ । 
 
चीनको भविष्वक्ताको राजा भनेर चिनिने ‘गेडा’ नामक बाँदरले ट्रम्प आगामी अमेरिकन राष्ट्रपति बन्ने भविष्यवाणी गरेको ‘इकोलोजिकल’ पर्यटकीय पार्कले समाचार सम्प्रसण गरेको थियो ।
 
पहेँलो टिसर्टमा सजिएको बाँदरले रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा भविष्यवाणी गरेको हो । डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टको र ट्रम्पको आकृतिलाई दुई तिर राखेर बाँदरलाई बीचमा राखिएको थियो । उक्त बाँदरले ट्रम्पको आकृतिको ओठमा चुम्बन गरेर उनले चुनाव जित्ने संकेत गरेको हो।
 
उक्त भविष्यवक्ता बानरराजसामू राष्ट्रपतीय चुनावमा कसले विजय हासिल गर्छ भनेर पटकपटक गरिएको प्रश्नमा उसले ट्रम्प विजय हुने भविष्यवाणी गरेको हो । ट्रम्प र क्लिन्टनको प्रतीकका रुपमा राखिएका दुई केरामध्ये ट्रम्प प्रतिकको केरा उठाएर उनकै पक्षमा निर्णय दिएको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले जनाएको छ ।
 
५ वर्षको यो बाँदरको भविष्यवाणीको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
 
यसअघि एक अलौकिक जनावार अक्टोपसले सन् २०१० को विश्वकप फुटबलका प्रतिस्पर्धीमध्ये सही विजेयता छानेको सम्झना गर्दै यो बाँदरको भविष्यवाणीलाई सञ्चार माध्यमले महत्वका साथ प्रकाशनमा ल्याएका छन् ।
 
के हुन् डोनाल्ड ट्रम्प ?
ट्रम्प को जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । 
 
२००७ मा वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एकएक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे ।
 
ट्रम्पले रक्सी नपिएपनि २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो ।
 
आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो ।
 
२०१६ मा फोब्र्स म्यागजिनले जनाए अनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३।७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ