arrow

प्रचण्डले समय नदिएपछि पहिलो पटक चिनियाँ टोली बिना राजनीतिक भेटघाट फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीसँग भेटघाट गर्ने समय नदिएपछि शनिबार दिउँसो फर्केको छ ।  

श्रीलंकाबाट बिहीबार काठमाडौँ आएको सो टोलीलाई शनिबार भेटघाटको कार्यक्रम तय गरिएको भए पनि प्रधानमन्त्री प्रचण्डले समय नदिएपछि रित्तै फर्केको हो । 

शनिबार बिहान काठमाडौँको बसन्तपुर पुगेर हनुमानढोका दरबार, कालभैरव, कुमारी घर लगायतको अवलोकनपछि टोली होटल मेरियट फर्केर दिउँसो फर्केको हो । 

क्वाङ्तोङ प्रान्तीय कमिटीका स्थायी समिति सदस्य वाङ रुइचिउनको नेतृत्वमा आएको टोली शुक्रबार लुम्बिनी पुगेको थियो । 

क्वाङतोङ वैदेशिक मैत्री संघका सभापतिको समेत जिम्मेवारीमा रहेका वाङ रुइचिउनको नेतृत्वमा छ सदस्यीय टोली नेपाल आएको थियो । 

टोलीमा यिन शुन, चाङ ख, लुओ लोङ, चाङ वेई र फु युनछेङ रहेका थिए । 

उनीहरुले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारर्क्याल लामासँग भेटघाट गरेका थिए । 

टोलीले कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेताहरु काठमाडौँ बाहिर रहेको र प्रधानमन्त्रीलेसमेत समय नदिएपछि राजनीतिक भेटघाट नगरी फर्केको स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ