arrow

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले बिशेष सम्बोधनमा के भने ?

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
about_body_img_1.jpeg
एजेन्सी। ४५ औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका रिपब्लिकन पार्टीका डोनाल्ट ट्रम्पले सबैलाई सद्भावका साथ एकताको पथमा उभिन आग्रह गरेका छन्।
 
राष्ट्रपति पदमा बुधबार निर्वाचित भए लगत्तै समर्थकलाई बिशेष सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेट, रिपब्लिकन जो भएपनि सबै एकताको पथमा उभिने समय आएको बताए । ट्रम्पले आफुलाई राष्ट्रपति जस्तो जिम्मेवारी र महत्वपूर्ण पदमा निर्वाचित गरेको भन्दै सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन्।
 
उनले आफु सबै अमेरिकनको लागि राष्ट्रपति रहेको बताउँदै आफ्नो लागि राष्ट्रपति पद निकै महत्वपूर्ण रहेको बताए। आफ्नो एकल प्रयासले मात्र केही नहुने बताउँदै ट्रम्पले सबै अमेरिकनमा साथ र सहयोग गर्न आग्रह समेत गरे। आफुले अहिलेसम्मको जीवन व्यवसायमा बिताएको र अबको समय आफुले चाहे अनुरुप मुलुक हितको लागि खर्चिने ट्रम्पले बताए। ट्रम्पले डेमोक्र्याटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टनलाई उछिन्दै राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ