arrow

सात वटा मिसाइल प्रक्षेपण गर्ने योजनामा रुस

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
russia-putin-vladimir-war.jpg

काठमाडौँ ।  रुसले सात वटा मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको छ । 

सन् २०२४ मा सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रुसी मिसाइल फोर्सका रणनीतिक कमान्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् । 

रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रुसी सेनाले परीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए । 

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

रुस तथा संयुक्त अमेरिकाबीच अन्तर्देशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् । 

उहाँका अनुसार रुस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । 

सूचनाले प्रक्षेपणको मिति , स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ