arrow

ट्रम्प अमेरिकी इतिहासकै बृद्ध राष्ट्रपति , कसरी बने बिजनेसम्यानबाट राष्ट्र प्रमुख

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
dronaldtrumps.jpeg
एजेन्सी । हिलारी रोदम क्लिन्टनलाई उछिन्दै डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित भएका छन् । क्लिन्टन डेमोक्र्याटिक र ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका लागि चुनावी मैदानमा थिए । अमेरिकी इतिहासमा १२ वर्ष लगातार डेमोक्र्याटिकले सत्ता चलाएकामा रिपब्लिकनले सत्ता सम्हाल्ने अवसर पाएको यो रेकर्ड नै हो ।
 
ट्रम्प अमेरिकी इतिहासकै बृद्ध राष्ट्रपति
ट्रम्प अमेरिकी इतिहासकै बृद्ध राष्ट्रपति बनेका छन् । ट्रम्पको उमेर ७० बर्ष रहेको छ । यस अघि सबैभन्दा ज्यादा उमेरमा रोनाल्ड रेगन राष्ट्रपति बनेका थिए । सो समय रेगन ६९ बर्ष ३४९ दिनका थिए ।
 
ट्रम्प सफल अमरीकी व्यवपारी 
डोनल्ड ट्रम्प एक सफल अमेरिकी व्यवपारी हुन् । उनिसँग अर्बौ रुपैयाको सम्पति रहेको छ ।  न्यूयोर्कको महंगो मेनहेटन शहरमा उनको सम्पत्ति  रहेको छ । उनि अमेरिकी आदिवासि हुन् । डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन ४ मा भएको हो । उनि न्यूयोर्कमा जन्मेका हुन् । उनका बुवा रियल एस्टेटका बिजनेसम्यान हुन् । त्यस समय उनका बुवा शानदार गाडिमा ड्राइभर सहित  हिड्थे । ट्रमले आफ्नो औपचारिक शिक्षा १३ बर्षको उमेरमा मिलिट्री स्कूलबाट गरेका हुन् । उनले १९६४ मा मिलिट्री एकेडमीबाट ग्रेजुएशन गरे ।
 
१९८० मा द ग्राण्ड हयात होटलको सुरुवात
सन् १९७१ मा ट्रम्प मेनहट्टनमा एक लाभदायक परियोजनाको निर्माणमा सहभागि भए । ७० को दशकमा ट्रम्पले घाटामा चलिरहेको कमोडोर होटललाई ७ करोडमा किने । उनले सन् १९८० मा सो होटललाई द ग्रेण्ड हयातको नामबाट सुरु गरे ।१९८२ मा डोनल्ड ट्रम्पले  न्यूयोर्कमा ट्रम्प टावर बनए । सो टावर न्यूयोर्कको प्रख्यात भवनहरु मध्ये एक हो । उक्त टावर निर्माण गर्न पोल्याण्डबाट गैरकानूनी रुपमा अमेरिका छिरेका मजुरको योगदान रहेको अमेरिकी मिडियामा चर्चा रहेको छ । 
 
 बिजनेसमा घाटासँगै राजनीतिको सुरुवात
९० को दशकमा ट्रम्पले रियल एस्टेट बिजनेसमा ठुलो घाटा व्यहोर्नु पर्‍यो । ताज महल इन अटलान्टिक सिटी र सन् १९९२ मा  ट्रम्प प्लाजा कंगल घोषित भए । १९९९ मा डोनाल्ड ट्रम्पले  राजनीतिको सुरुवात गरे। उनले रिफर्म पार्टी बनाए । डोनल्ड चाहान्थे  सन् २००० मा रिफर्म पार्टीले उनलाई राष्ट्रपति पदको लागि उम्मीदवार बनाइयोस् । तर, रिफर्म पार्टीको अन्तरिक झगडाका कारण उनले फेब्रुवरी २००० मा आफै चुनावबाट अलग भए । 
 
मुसलमान प्रति विवादित टिप्पणी 
सन् २०१५ डिसेम्बर ५ मा डोनल्ड ट्रम्पले मुसलमान प्रति विवादित टिप्पणि गरेका थिए । उनले साउथ केरोलिनामा चुनावी र्‍यालीमा  मुसलमानको लागि अमेरिकाको बाटो पुरै रुफमा बन्द गर्नुपर्ने बताएका थिए । साथै उनले अमेरिकामा रहेका मुसलमानको बारेमा पुर्ण रुपले जाच गर्नुपर्ने औलाएका थिए । ट्रम्पको सो कडा प्रस्तावले लण्डनका मेयर सादिक खानलाई मात्र छुट दिएको थियो ।  विवादित टिप्पणीसँगै ट्रम प्रति मुसलमान समुदाय आक्रोशित बनेका थिए । आज पनि ट्रम‍पको मुस्लिम विरोधी छविका  विश्वका लागि खतरा रहेको औलाउने गरिन्छ ।
 
अडियो टेप प्रकरण 
 डोनल्ड ट्रम्पको एउटा अडियो टेप सर्वजनिक भएको थियो । जसमा उनले महिलाको बारेमा अभद्र कुरा गरेको सुनिएको थियो । 
 
विवादपछि पनि रिपब्लिकन पार्टीको उम्मीदवार
आफ्नो तमाम विवाद पछि सन् २०१६ जुलाई १९ मा डोनल्ड ट्रम्प अमेरिकाको पुरानो पार्टी  रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्न सफल भए । 
 
६० बर्ष पछिको सामान्य राजनितिक पृष्ठभुमि भएको राष्ट्रपति 
ट्रम्पको जितसँगै उनि ६० बर्ष यता खासै ठुलो राजनितिक पृष्ठभुमि  र  गभर्नर नबनि राष्ट्रपति बनेका छन् । यो भन्दा पहिले सन् १९५३ मा ड्विट आइजनहावर अमेरिकाका राष्ट्रपति बनेका थिए  जसको राजनितिक पृष्ठभुमि थिए । उनि दोस्रो विश्व युद्धमा सुप्रीम कमान्डर थिए ।
 
ट्रम्पको पारिवारिक जीवन 
डोनाल्ड ट्रम्पले तीनवटा विवाह गरिसकेका छन् ।उनको पहिलो श्रीमति इवाना र दोस्रो मार्ला मेपलेससँग सम्बन्ध विच्छेद भइसकेको छ । अहिले उनि श्रीमति मेलानिकासँग रहेका छन् । ट्रम्पसँग उनको २००५मा विवाह भएको हो । ट्रम्पको तीन छोरा र दुई छोरि रहेका छन् ।डोनाल्ड ट्रम्प माथि अन्य महिलासँग सम्बन्ध र धम्किको आरोप लागेको छ । तर उनकी श्रीमति मेलानिका ट्रम्पको सधै बचावट गर्दै आएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ