arrow

लुटनका कप्तान टमलाई मैदानमै हृदयाघात

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
tom-lock-luton-town-2023.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयाघात भएको छ ।

गएराति लुटन टाउन र बर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६० औँ मिनेटमा टम मैदानमै ढलेका थिए ।

मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोगका लागि पुगेका थिए ।

उनलाई मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयाघात भएको र उनको अवस्था ठीक रहेको बताएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठीक रहेको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । 

टम यसअघि च्याम्पियनशिप प्लेअफको फाइनलमासमेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो ।

गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसनपछि फेरि खेल्न अनुमति दिएका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ