arrow

नेपाली विज्ञले भने–ट्रम्पको जितले यस्तो सन्देश दिन्छ

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
reutersmedia.net.jpeg

काठमाडौं । विश्वमा प्रभाव राख्ने अन्तर्राष्ट्रिय सर्भेक्षणहरुलाई गलत सावित गर्दै रपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित भएका छन् । वुधबार घोषणा भएको अन्तिम परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भए । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत ल्याए ।

राष्ट्रपति निर्वाचित हुन कुल ५ सय ३८ इलेक्ट्रोरल मत मध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । ट्रम्पको जितसँगै अमेरिकामा समर्थकले खुशीयाली मनाइरहेका छन् भने, विश्व गजतमा एक प्रकारको तरंग सिर्जना भएको छ । चुनावी अभियानका क्रममा आक्रामक देखिने

ट्रम्प निर्वाचित भएसँगै शालिन भएका छन् । उनले कडाइका साथ विदेशनीतिबारे दिएको अभिव्यक्तिसमेत संशोधन गरेका छन् । विजयलगत्तै सम्बोधन गर्दै ट्रम्पले विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्ने प्रतिवद्धता गरेका छन् भने अमेरिका पहिलो प्राथमिकतामा हुने बताएका छन् ।  सम्बोधनमा ट्रम्पले भने, ‘हामी विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्नेछौं । दुस्मनसँग पनि मित्रता हुनेछ ।'

ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले फोन गरेर आफूलाई बधाई दिएको पनि समर्थकलाई सुनाए ।

ट्रम्पको विजयसँगै विश्वभर नयाँ बहस सुरु भएको छ । ता कि सँधैभरी एकै प्रकारको शासन व्ययस्था र नीतिले नचल्ने सन्देश अमेरिकी राष्ट्रपति निर्वाचनले दिएको विश्लेषण भएको छ । विश्व अव वास्तविकतामा मात्र विश्वास गर्ने संकेत मिलेको समेत बताइँदै छ ।
यस विषयले नेपाली राजनीति र शासन पद्दतीलाई समेत व्यवहार सुधारको सन्देश दिएको विज्ञहरुले तर्क गरेका छन् ।

ट्रम्प जितले विश्व शान्तिका लागि काम गर्छ :  भिमार्जुन आचार्य
कानून अध्ययेता भिमार्जुन आचार्यले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्नु सकारात्मक भनेका छन् । उनले बुँदागत रुपमै सकारात्मक पक्ष केलाएका छन् ।
१. अमेरिकामा जुन पद्दती कायम थियो । त्यो पद्दतीमा नागरिकको निरासा रहेको मान्नु पर्दछ । त्यो पद्दती अब चाहना होइन भन्ने बुझ्नु पर्दछ ।
२. अमेरिकाले श्वेत, अश्वेत र महिला आदी इत्यादी जति पनि समावेशीका कुरा गर्दथ्यो । त्यो अझै भएको रहेनछ भन्ने पनि अर्को बुझाइ हो ।
३. ट्रम्पको जितले विश्व शान्तिका लागि काम गर्छ । जसरी अहिले चीन र रुस अमेरिकाप्रति नरम भएका छन् । त्यसरी विश्व शान्तिमा पनि महत्वपूर्ण उपलब्धी हुनेछ ।
४. जसरी ओबामासँग हिलारीको लिगेन्सी थियो । अब त्यस्तो लिगेन्सीले नहुने भन्ने अमेरिकाले ठूलो पाठ सिकेको छ । त्यसमा पनि सुधार हुनेछ ।
आचार्यले भने, ‘नयाँ खालको वातावरण सिर्जना भएको छ ।’ नेपाललाई पनि चलिरहेको यो पद्दती फेर्न आवश्यक छ भन्ने सन्देश दियो ।
ट्रम्प राजनीतिक पृष्ठभूमिका होइनन् तर, नागरिकले पद्दतीमा विचार गर्नु पर्ने म्यान्डेट दिए , आचार्यले अघि भने, ‘मिडियाको अनुमान फेल खायो । जसरी मिडिया एक पक्षीय ढंगले लागेका थिए । उनीहरुलाई समेत पाठ भयो । १२ वर्ष सम्म अमेरिकामा जे भएको थियो त्यो सही थिएन भन्ने हो । यसको मूल सन्देश ।’

राष्ट्रसंघलाई गति दिन सक्नेमा शंका छ : विपिन अधिकारी
कानूनका अर्का अध्ययेता विविपन अधिकारीले भने फरक मत राखेका छन् । अधिकारीले हाम्राकुरासँग भने, ‘ट्रम्पले विदेशनीतिबारे राखेको सोंचले शंका उब्जाएको छ । आफुभित्रमात्रै हेर्नु पर्छ भन्ने भावनाले संसारको जिम्मेवारी लिन तयार छैनन् भन्ने बुझिन्छ ।’

ट्रम्प राजनीतिबाट आएका होइनन्  । शुद्ध व्यापारी हुन् । आम नागरिकसँग काम गर्न सक्ने यिनको क्षमता फरक छ, अधिकारीले थपे, ‘उनले अमेरिका लगायत केही क्षेत्रका सीमित व्यक्तिहरुको लिड गर्न सक्छन् । राष्ट्रसंगको सहायता सम्बन्धि कार्यको व्यवस्थापन गरिबी र अशिक्षामा हुँदै आएको सहयोगलाई के गर्लान् भन्ने चिन्ता विकासशील तथा अल्पविकसित धेरै राष्ट्रलाई परेको छ ।’ ग्लोवलाइजेशनलाई असर गर्ने शंका पनि धेरैमा छ ।

नेपालका हकमा हामीलाई अन्तर्राष्ट्रिय रुपमा प्राप्त हुँदै आएको गरिबी र अशिक्षाको सहयोग कम हुने अनुमान छ–उनले भने । अन्तर्राष्ट्रिय सुरक्षाका लागि भएको लगानी के गर्लान् भन्ने चिन्ता समेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ