arrow

पुटिन ट्रम्पलाई बधाई दिने पहिलो नेता

मोदी दोस्रो

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
news-trump-badhai-putin.jpeg

एजेन्सी ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई बधाई दिने विश्वको पहिलो नेता बनेका छन् । ट्रम्प वुधबार राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै पुटिनले ट्रम्पलाई टेलिग्राममार्फत बधाई दिएका हुन् ।

यस्तै, अमेरिकी राष्ट्रपतिको नतिजालाई रुसको राजधानी मस्कोमा स्वागत गरिएको छ । त्यहाँका अधिकारीहरु ट्रम्पको कार्यकालमा रुस र अमेरिकाबीचको सम्बन्ध सुधार हुनेमा विश्वस्त देखिएका छन् ।    

मस्को र वासिंङटनबीच समानन्तर र आपसी सम्मानको आधारमा रचनात्मक संवाद विकास गर्नेमा आफु भरोसामा रहेको पनि पुटिनले प्रष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता रहेको व्यापक कुरा आएपनि राष्ट्रपति पुटिनले भने उक्त कुराको खण्डन गरेका थिए ।

ट्रम्प र पुटिनबीचको साँठगाठलाई लिएर डेमोक्र्याटिक प्रत्यासी हिलारी क्लिन्टनले रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको बताउँदै सो कुराको सबैले विरोध गर्नुपर्ने बताएकी थिइन् । ट्रम्प राष्ट्रपतिमा विजयी भएसँगै अमेरिका र रुसको निकट सम्बन्धबारे धेरैको चासो छ ।

यस्तै. ट्रम्पलाई बधाई दिनेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो नेता भएका छन् । मोदीले ट्वीट गरेर ट्रम्पलाई बधाई दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ