जब पत्रकारसँग झोंकिए देउवा : 'भारतका नेताहरुनै चीनबारे कुरा गर्न डराउँछन्, हाम्रो त कुरै छोड्नुस्’
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
3.3k
Shares
काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फर्केका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय नीति एक चीन रहेको बताएका छन् ।
मिडियाले अनावश्यक प्रचारगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा देउवा आक्रोशित देखिए । सभापति देउवाले एक चीन नीतिप्रति आफु र आफ्नो पार्टी प्रतिवद्ध रहेको सुनाए ।
इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रमपछि नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गरेर वुधबार स्वदेश फर्केका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘तिब्बत चीनको अभिन्न अङ्ग हो, म एक चीनप्रति प्रतिबद्ध छु .।’ तर, यहाँ अनावश्यक चर्चा भयो ।
झोंकिदै उनले भने, ‘भारतका मन्त्रीहरु समेत चीनबारे कुरा गर्न डराउँछन् । अफ्ठ्यारो मान्दछन् । हाम्रो त कुरै छोड्नुस् ।’ भारत पनि एक चीन नीतिमा रहेको सुनाउँदै देउवाले भने, ‘मलाई थाहा छ । भारत पनि एक चीन नीतिमा छ । तर त्यहाँ तिब्बती शरणार्थी बसेका छन् । नेपालमा पनि त तिब्बती शरणार्थी छन् । भारतका नेताहरु समेत उनीहरुलाई भेट्न डराउँछन् । भेट्न मान्दैनन् । भेट्न अफ्ठ्यारो मान्दछन् । मैले कहाँबाट भेट्नु ? ।’ यस्ता उल्टा कुरा गर्ने ?
एक चीन नीतिमा नेपाली कांग्रेस के मै प्रष्ट छुँ –देउवाले संचारकर्मीको प्रश्न नखस्दै भने । यो प्रश्न किन उठाइयो होला भन्ने जिज्ञासामा देउवाले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘त्यही त कनि उठाइयो होला मै सोध्दै छु ।’
झुठा समाचार प्रसारण गरेर केही नेपाली मिडियाले आफूलाई लखेट्ने काम गरेको भनी आपत्ति प्रकट गर्दै देउवाले इन्डिया फाउन्डेसनको कार्यक्रममा मिडियामा आएजस्तो त्यस किसिमका कुनै व्यक्तिसँग आफ्नो भेटघाट नभएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा दुईपक्षीय सम्बन्ध र भूकम्पपछिको पुनःनिर्माणका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको बताउँदै सभापति देउवाले नेपालप्रति उहाँको अत्यन्त राम्रो सद्भाव रहेको पाएँ भने । भेटका अवसरमा प्रधानमन्त्री मोदीले इमान्दार र जिम्मेवारीप्रति सजग रहेका भूपू गोर्खा सैनिकलाई समेत काममा संलग्न गराएर पुनःनिर्माणको कामलाई तीव्रता प्रदान गर्न सुझाव दिए ।
नेपाल संविधान कार्यान्वयनको चरणमा रहेकाले संविधानलाई सर्वस्वीकार्य बनाउन राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको बारेमा आफूले प्रधानमन्त्री मोदीलाई बताएको जानकारी दिँदै सभापति देउवाले भने, ‘पछिल्लोपटक सार्वजनिक भएको भनिएको संविधान संशोधनको मस्यौदा पनि हुँदै होइन ।’
प्रमुख प्रतिपक्षी दल एमालेसँग कुरा गरेर संविधान संशोधनलाई छिटो अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध लगाइएको अभियोग प्रष्ट भएपछि त्यसबारे पार्टीले निर्णय गर्ने जानकारी दिए .
सभापतिको स्वागतका लागि रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाशरण महत, वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी, नेपाली काँग्रेसका सांसद तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।