arrow

प्रिमियर लिगमा १७ औँ चरणका खेल सकिए, आर्सनल अघिअघि, लिभरपुल पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
liverpool-manutd-xinua.jpg
तस्बिर – लिभरपुल र म्यानेचस्टर युनाइटेडबीचको भिडन्त, सिन्ह्वा ।

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा १७ औँ चरणका खेल सकिएका छन् । पछिल्ला खेलमा आर्सनलले ब्राइटनलाई २–० ले हराएको छ । ब्रेन्टफोर्ड एस्टन भिल्लासँग २–१ ले पराजित भएको छ । 

त्यस्तै वेष्ट ह्याम युनाइटेडले वुल्भ्सलाई ३–० हराएको छ । लिभरपुल र म्यानचेस्टर युनाइटेडले भने गोलरहित बराबरी खेलेका छन् । यो बराबरीले लिभरपुल शीर्ष स्थानमा पुग्न सकेन । 

यसअघि म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको थियो । तर चेल्सीले भने शेफिल्ड युनाइटेडलाई २–० ले हराएको थियो ।

अंक तालिका 
१७ औँ चरणको समाप्तिसम्म आर्सनले ३९ अंकसहित अंकसहित शीर्ष स्थानमा रहेको छ । लिभरपुल ३८ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । 

एस्टन भिल्ला पनि ३८ अंकसहित तेस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो स्थानमा रहेको छ । 

टोटनह्याम हट्सपर ३३ अंकसहित पाँचौँ, न्युकासल युनाइटेड २९ अंकसहित छैटौँ तथा म्यानचेस्टर युनाइटेड २८ अंकसहित सातौँ स्थानमा छ । 

२० टोली सहभागी लिगमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ