arrow

ट्रम्पको जीतलाई लिएर फ्रेन्च राजदूतले भने-विश्व ध्वस्त हुँदैछ

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
rajdut--France-USA.jpeg

एजेन्सी । डोनाल्ड जोन ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै विश्व समुदायमा तरंग फैलिएको छ । कतिपयले ट्रम्पको जीत राम्रो भएको टिप्पणी गर्दै ट्रम्पलाई बधाई दिएका छन् भने केहीले विश्व समुदायकै लागि घातक रहेको टिप्पणी गर्दै उनको विजय पचाउन सकेका छैनन् ।

अमेरिकाका लागि फ्रेन्च राजदूत जेराड अराउले ट्रम्पको जीतप्रति आफ्नो असन्तुष्टी रहेक संकेत गर्दै आफ्नै आखाँ अगाडि अब विश्व ध्वस्त हुन लागेको बताए । टुइटरमार्फत सो कुरा बताएका उनले उक्त टुइट हटाइसकेका छन् । यद्यपि, अब सबै कुरा सम्भव रहेको बताउँदै उनले अब आफ्नै आखाँ अगाडि विश्व ध्वस्त हुने जनाए ।

यस्तै, जर्मन चान्सलर एन्जेला मर्केलका सहयोगी समेत रहेका गृहमन्त्री उर्सुला भोन डर लेयनले अमेरिकी राष्ट्रपतिको नतिजालाई एउटा ठूलो झट्काको रुपमा व्याख्या गरे । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने नतिजाको समर्थन गर्दै ट्रम्पलाई बधाई दिएका छन् ।

रिपब्लिकन उम्मेद्वार ट्रम्प ४५औं अमेरिकी राष्ट्रपतिको रुपमा वुधबार निर्वाचित भएका हुन् । उनले डेमोक्र्याटिक पार्टीका हिलारी क्लिन्टनलाई पराजित गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ