arrow

प्रहरी श्रीमती संघ र नोबेल शिक्षण अस्पतालबीच विशेष सहुलियत सम्बन्धी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
noble-police-agreement-2080.jpeg

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौँ महानगरपालिका भृकुटीमण्डपस्थित नेपाल प्रहरी श्रीमती संघबीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल) तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो । 

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्राडा राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा.सरोजकुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्झौता पत्रमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउदै आइरहेको र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका सदस्यहरुलाई नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आई उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले यो सम्झौता गरिएको उल्लेख छ । 

जस अन्तर्गत परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरु (आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) उपचारको क्रममा आउँदा अस्पताल सेवामा २५ प्रतिशत छुट उपलब्ध हुने छ । 

यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरुमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ ।

सम्झौता पत्र अनुसारका सेवा सुविधाहरु पुस १ गते आइतबारदेखि लागू भएको छ । यो सम्झौता एक वर्षसम्म लागू हुने उल्लेख छ । 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि नोबेल र काठमाडौँ मेडिकल कलेज केएमसीले सामाजिक उत्तरदायित्वलाई निकै नै ध्यान दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ