लिबाङ (रोल्पा)। पशुपंक्षी विकास मन्त्रालयका सहसचिव श्याम प्रसाद पौडेलले कृषकको चाहना, भौगोलिक अबस्था र सरकारले निर्धारित गरेको लक्षअनुसार पशु जन्य वस्तु उत्पादकत्वमा बृद्धि गराई कृषकलाइ आत्मनिर्भर गराउन जिल्ला पशुसेवा कार्यालय रोल्पालाई निर्देशन दिएका छन् ।
मंगलबार लिवाङ नगरपालिका भित्र रहेका डेरि पसल , वधस्थल, मासुपासल आदिको निरक्षणका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन् । यसैवीच पौडेलले रोल्पा जिल्लामा उत्पादन भएका अल्लो बाट निर्मित विभिन्न किसीमका तयारी वस्तु र पशु तथा कृषि जन्य बस्तुहरु जस्तै पनिर , खुवा ,छुर्पि, रागाँ, तथा भैसिको छालाबाट तयार पारिएको डोकोको अवलोकान गरे। यसैवीच उनले पशुसेवा कार्यालय मार्फत बजारमा विक्रिमा राखिएका तयारी बस्तुहरुको गुणस्तरका बारेमा पनि जानकारी लिए ।
अनुगमनका क्रममा भुषण टे्डर्स रोल्पाका संचालक टंक बहादुर वुढाले आफूले तयार गरेको छालाको डोको कास्की जिल्लाको पोखरा, काठमाण्डौमा संचालित इटा भट्टाबाट अग्रीम माग आउने गरेको र अफुले सो डोका तयार पारी प्रति डोको रु एक हजार सम्ममा विक्रि गर्दै आएको जानकारी दिए । यसरी बुढाले मासु लगायत डोकोको कारोवारबाट वार्षीक ७८ लाख सम्मको ब्यापार हुने गरेको र ५ जना ब्यक्तिले दैनिक रोजगार पाएको जानकारी दिए । बाटोको असुविधाका कारण वधस्थल सम्म आउन समस्या हुने गरेको उनको गुनासो छ ।
यसैगरी अनुगमनका क्रममा जंकोट गाविसका आमा समुह, कृषक पाठशाला ,र निक्षेपित कार्यक्रम अन्तर्गत रहेको ,किसानकालागी उन्नत विउविजन कार्यक्रमका सहभागी महिला कृषकहरुले जिल्ला पशु सेवा कार्यालय द्धारा प्रदान गरिएको सेवा को प्रसंसा गरेका थिए । उनीहरुले उक्त क्षेत्र बाख्रा ,कुखुरा ,माछा र वंगुरपालन मा अगाडि रहेको र प्रत्येक वर्ष कृषकले पशु पालन ब्यवसायबाट ५० देखि ८० हजार सम्म आयआर्जन गर्ने गरेको वताएका थिए । यसैवीच सहसचिव पौडेलसंग किसानहरुले निशुल्क औेषधीको माग राखेका थिए । केहि औषधिहरु निशुल्क उपलब्ध गराउने निति रहेको र सम्बन्धित कार्यालयबाट प्रदान गर्दै आएको जानकारी समेत पौडेलले दिए ।
अनुगमन कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय रोल्पाका बरिष्ठ पशु विकास अधिकृत डा. गान्धीराज उपाध्याय, पशु चिकित्सक निमबहादुर सिंह, किसानकालागी उन्नत विउविजन कार्यक्रमका बाख्रा विशेसज्ञ डा. विजय घिमिरे ,खाद्य सुरक्षा अन्तरगत यस जिल्लाका लागि खटिनुभएका डिटिओ डा. रोषण पराजुली लगायत कर्मचारी र विभिन्न प्राविधिक शिक्षालयबाट यस जिल्लामा ओ.जि.टि.कालागी आएका प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो ।