कमल थापाले भने–अमेरिकी जनतालाई बधाई, हिन्दुवादीलाई ट्रम्प मन पर्नुको कारण यस्तो
हिलारीले हारेकामा कांग्रेस नेता भण्डारी दुःखी
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
4k
Shares
काठमाडौं । १२ वर्ष डेमोक्र्याटिकले एक छत्र शासन गरेको विश्व शक्ति राष्ट्र अमेरिकामा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प निर्वाचित भएसँगै विभिन्न अड्कलहरु काटिन थालिएका छन् ।
ट्रम्प प्रभावशाली डेमोक्र्याटिक उम्मेद्जार हिलारी रोदम क्लिन्टनलाई हराउँदै अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित भए । रिपब्लिकनको ह्वाइट हाउस यात्रा अमेरिकी इतिहासको महत्वपूर्ण खण्ड हो ।
ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत ल्याए । राष्ट्रपति निर्वाचित हुन कुल ५ सय ३८ इलेक्ट्रोरल मत मध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । ट्रम्पको जितसँगै अमेरिकामा समर्थकले खुशीयाली मनाएका छन् ।
त्यस्तै, ट्रम्पको जितले विश्व गजतमै तरंग सिर्जना भएको छ । ट्रम्पको जितको पछाडि विदेश नीति र विश्वव्यापिकरणको सवालमात्र नभई विश्व शान्ति र धर्म संस्कारको विषय समेत जोडिएको छ ।
नेपालमा समेत ट्रम्पको जितलाई लिएर राजनीति वृत्त र नागरिकबीचमा बहस सुरु भएको छ । नेपालका प्रभावशाली राजनीतिज्ञहरुले पनि ट्रम्पको जीतलाई नजिक बाट हेर्न खोजेका छन् ।
कांग्रेस नेता चन्द्र भण्डारीले हिलारीको हारले स्तब्ध भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अमेरीका जस्तो देश जसलाई विश्वको शक्तिशाली मानिन्छ । जहाँ मानव अघिकारको साथै समान अघिकारको पाठ पढाइन्छ । तथापी एउटा महिलाले देश चलाउन सक्छिन भन्ने विश्वास अमेरीकी जनता हुन सकेनन् ।’
उनले अघि भनेका छन्, ‘मानवीय विकासको क्रममा यो भन्दा दुर्भाग्य के हुन सक्दछ ? अमेरीकी जनतामा महिला सम्बन्धि बुझाई गराई, धर्म, संस्कृति र शिक्षामा कमी कमजोरी देखिन्छ । अमेरीकामा भएको राष्ट्रपति को निर्वाचनले महिलाका सर्घषका दिन अझ बाँकी छन् भन्ने कुरालाइ पुष्टि गर्दछ । अमेरिकीले महिलाप्रति विश्वास जगाउन र जिÞम्मेवारी सुम्पिनका लागि हिन्दु दर्शनको अध्यायन गर्नु पर्दछ । म गर्व साथ भन्न सक्दछु हाम्रो धर्म संस्कृति र शिक्षा विश्वमा सबै भन्दा आघुनिक छ । महिला संगको विश्वास, अधिकार र समान विकासका लागि । दार्शनिक रुपले हिलारीको पराजयले म दुःखी बनेको छु ।’ भण्डारीले ट्रम्पले हिन्दुवादीलाई साथी बनाउने भनेको बारे भने केही लेखेका छैनन् ।
राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले भने डोनाल्ड ट्रम्पको जितलाई अमेरिकी जनताको सही निर्णय भनेका छन् । थापाले ट्वीटमा लेखेका छन्, ‘अमेरिकी जनता आधारभूत परिवर्तनको पक्षमा उभिएका छन् । धेरैको अनुमान विपरीत डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकी जनतालाई बधाई ।’ थापाको भनाई अमेरिकाले आफ्ना लागि सोच्नु पर्ने ट्रम्पको भनाईसँग मेल खाएको छ ।
हिन्दुवादीलाई ट्रम्प मन पर्नुको कारण !
ट्रम्पले हिन्दुवादी आफ्ना असल मित्र हुने बताउँदै आएका छन् । उनले गएको अक्टोबर २० मा रिपब्लिकन हिन्दु कोलिसनले गरेको सम्बोधनका क्रममै भनेका थिए, ‘यदी म राष्ट्रपति निर्वाचित भए भारतीय र हिन्दु समुदाय ह्वाइट हाउसको ठूलो मित्र हुने छन् ।’
सोही समारोहमा ट्रम्पले इस्लामिक आतंकवादविरुद्ध लड्न अमेरिका र भारत राम्रो सहयात्री बनेर जान सक्ने समेत बताएका थिए ।
उनको नजरमा मोदी ग्रेटम्यान
ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर काम गर्न चाहेको पनि बताउँदै आएका छन् ।
उनले भनेका छन्, ‘मोदीले भारतीय कर्मचारी तन्त्रलाई विकेन्द्रीकरण गरेर बढी भन्दा बढी सेवा दिन खोजेका छन् ।’ कर्मचारी तन्त्र हुनु पर्ने नै त्यस्तो हो भन्दै उनले मोदीलाई ग्रेटम्यान भनेका छन् ।