arrow

सरकारको पहिलो ध्येय सुशासन : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
dhanraj-gurung-2080-08.jpg

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताएका छन् । 

सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उनले स्पष्ट पारे । 

धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”

देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । 

अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उनले बताए । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ