arrow

तीन दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार   हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

 बुधबार देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

बिहीबार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ