arrow

स्याङ्जामा पाँच नगर र छ गाउँपालिका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
Syangja.jpeg
स्याङ्जा ।स्थानीय तह पुनःसंरचना प्राबिधिक जिल्ला समितिले स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका सिफारिस गर्ने भएको छ । प्राबिधिक समिति र राजनीतिक दलबीचको लामो छलफलपछि तयार भएको पुनःसंरचनाको खाका सिफारिस गर्ने भएको हो । सिफारिस हुने नगरपालिकामा पुतलीबजार, भिरकोट, वालिङ्, चापाकोट र गल्याङ् छन् । समितिले आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्डकी गाउँपालिका सिफारिस गर्ने भएको छ । सिफारिस हुन लागेको गल्याङ् प्रश्तावित नगरपालिका हो । 
 
नगरपालिका तर्फ पुतलीबजारको स्याङ्जा बजार, भिरकोटको बयरघारी, वालिङ्को वालिङ्, चापाकोटको सुन्तलीटार र गल्याङ्को गल्याङ््बजार केन्द्र तोकिएको छ । पुरानो र प्रश्तावित नगरपालिकामा गाभिने गाविसको नामावली भने छफलफको चरणमै रहेको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी महेश भट्टराईले बताए । समितिले सिफारिस गर्न लागेको गाउँपालिकाहरु तर्फ आँधीखोलाको सेतिदोभान (कृषि), फेदीखोलाको फेदीखोला, अर्जुनचौपारीको अर्जुनचौपारी बजार, बिरुवा अर्चलेको बिरुवा बजार, हरिनासको ढङगेठाँटी वा प्यारसिंङ् र कालीगण्डकीको र्मिमि केन्द्र तोकिएको छ ।
 
“पुनःसंरचना आयोगले दिएको समय सिमाभित्र नगर तथा गाउँपालिका सिफारिस गर्न नसकेपनि अधिकतम राजनीतिक सहमतिमा सिफारिस गर्नेतर्फ लागेका छौं । समितिका संयोजक भट्टराईले भने, “राजनीतिक सहमतिका आधारमा ढिलै सिफारिस गरेपनि कार्यान्वयन हुने विश्वास छ ।”पहिलो चरणमा स्याङ्जालाई ८ केन्द्रमा सिमित राख्न आयोगले स्थानीय समितिलाई निर्देशन गरेको थियो । आयोगकै निर्देशन अनुरुप दोस्रो चरण्मा जिल्लाबाट ११ केन्द्र सिफारिस गर्न लागिएको हो । समितिका अनुसार प्रश्तावित नगर र गाउँपालिकाका केन्द्र सिफारिस गरिनेछ ।  
 
 
“भौगोलिक बनावट र सुगमतालाई आधार बनाएर नगरपालिका र गाउँपालिकाको केन्द्र छनौट गरेका छौं ।” दलिय संयन्त्रका सदस्य तथा नेपाली काँग्रेसका सचिव कुमार रानाले भने, “कुन गाविसलाई कुन नगरपालिका वा गाउँपालिकामा राख्ने हो भन्नेबारेमा आवश्यक छलफल गरेर टङ्गोमा पुग्ने छौं ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ