arrow

कांग्रेसको आधारशीला धर्मराएको छ – विनोद चौधरी

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
binod-chaudhary-2080-09-03.jpeg

पोखरा । नेपाली कांग्रेससका केन्द्रीय सदस्य एवं सांसद विनोदकुमार चौधरीले कांग्रेसको आधारशीला धर्मराएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै नेता चौधरीले कांग्रेसले राजनीतिक रुपमा मात्र नभइ आर्थिक रुपमा पनि गति दिएको तर आज आधारशीला धर्मराएको बताएका हुन् । 

उनले नेपाली युवाहरु विदेशिने क्रम बढिरहेको र सर्वत्र निराशा छाएको भन्दै यतातर्फ कांग्रेसले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले कांग्रेसको अबको मोडल के हो ? भनेर प्रश्न गरेका छन् । उनले पार्टीभित्र गुट हुनु स्वभाविकै भए पनि गुटको नभइ सिंगो पार्टीको मोडल बन्नुपर्नेमा जोड दिए । 

नेता चौधरीले पार्टी धान्ने संरचना बनाउन सुझाव दिँदै पार्टीभित्रको बेथिति अन्त्य गर्न आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ