arrow

बचाउ गर्दै

एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्र विरुद्धको हमलाः प्रचण्ड

एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
prachanda-ncell.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र बिरुद्धको हमला भएको बताएका छन् । 

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताएका हुन् । 

उनले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताए । उनले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताए । उनले लगाइएको आरोपहरु सावित नहुने पनि बताए । 

उनले भने – ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’

प्रचण्डले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताए । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ