arrow

‘एक चीन नीतिमा कांग्रेस स्पष्ट’ : सुजाता कोईराला

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
sujata-koirala.jpg.jpeg
काठमाडौं । नेतृ सुजाता कोईरालाले एक चीन नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएकी छन् । नेपाल र चीन बीचको सम्बन्ध तथा नेपाली कांग्रेसको धारणाबारे बिज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य उनले नेपालले संधै ताईवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिंदै आएको र एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति रहेको बताएकी हुन् ।
 
‘नेपालले सधै एक चीन नीतिको स्पष्टता र दृढतापूर्वक अवलम्वन गर्दै आएको छ, नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिदै आएको छ’ उनले भनिन् ‘ एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति हो ।’ आंफु पार्टीको अन्तराष्ट्रिय बिभाग प्रमुख हुँदा र उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत एक चीन नीतिलाई अघि बढाएको उनको भनाई छ ।
 
‘म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहदा र उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत यो नीतिलाइ स्पष्ट ?पमा अघि वढाएको छु’ बिज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आगामी दिनमा नेपाल र चीनवीच अझ वढि सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसंगको सम्बन्धलाई निरन्तरता दिने नेपाली कांग्रसको स्पष्ट नीति रहेको छ ।’
 
चीनसंग नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको र दुई देशबीच २ हजार वर्ष अघिदेखि परम्परागत सम्वन्ध रहिआएको भन्दै योबीचमा नेपाल  र चीनवीच सधै सुमधुर सम्वन्ध रहिआएको उनको भनाई छ । चीनलाई राष्ट्रसंघमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेलेको भूमिका उल्लेख गर्दै वी.पी. कोइराला देखि गिरिजा प्रसाद कोईरालाको पाला सम्म नेपाल र चीनवीच हार्दिकतापूर्ण सम्वन्ध रहिआएको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ