बाजुरा । बाजुरा जिल्ला विभिन्न किसिमले पछाडी पर्दै आइरहेको छ । जिल्ला मानव विकास सुचाकाङ्कको पुछारमा त छ नै यो वर्ष पनि जिल्लाका १३ वटा गाविसहरुमा भोकमरी हुने सम्भावना देखिएको छ । उत्तरी भेगका आठ गाविस र दक्षिणी भेगका पाँच गाविसमा खेतमा लागाउने विउको बेर्ना नै रोप्न पाएका छैनन् ।
उत्तरी भेगका वाई,साप्पटा र रुगिन गाविस खडेरी प्रभावित मात्र नभइ अति प्रभावितका रुपमा जिल्लाका विभिन्न संघ संस्थाहरुले हेर्ने गरेको छन् । जिल्लाका वाई रुगिन र साप्पटामा गाविसमा भने रोपाइ गर्नका लागि राखिएका वीउका बेर्नाहरु गाई गोरुलाई काटेर घाँस बनाएर खुवाएको स्थानियहरुले गुनासो गरेका छन् ।
खडेरीले गर्दा तीन वाली लगाउन नपाएको वाइ ८ की सीता कैलालो बताउछिन् । उनले खेती लगाउनका लागि धानको बेर्ना राखेको तर पानी नपरेपछि वेर्ना समेत उखेलेर फालेको बताइन् । खडेरीले गर्दा विहान बेलुकी हात मुख जोर्न समेत धौधौ परेको कैलाले बताइन् । खेती लगाउनका लागि आकाशे पानीको भर पर्नु पर्ने भएकाले खेती लगाउनका लागि रोकोधानका वेर्ना नै सुकेको साप्पाटाका मन बहादुर रोकायाले बताए । उनले साप्पटामा सुख्खायाममा पनि पहिरो आएर लगाएको खेती समेत नष्ट पारेको सुनाए ।
खडेरीका कारण तीन बालीको खेती नलगाउन पाएको स्थानियहरुले बताएका छन् । तीनवटै गाविसका खेती योग्य जमिनहरु अहिले बाँझो जगगामा रुपमा परिणत भएका छन् । लामो समयको खडेरीका कारणले गर्दा जिल्लाका १३ गाविस चपेटामा परेका छन् । जसमध्ये वाई साप्पाटा रुगिन,विच्छ्या,गोत्री,जुकोट जगन्नाथ,बाँधु उत्तरी भेगका खडेरी प्रभावित रहेका छन् ।
यस्तै दक्षिणि भेगका दहकोट,मानाकोट,काँडा,जयवागेश्वरीर डोगडी रहेका छन् । खडेरी प्रभावित क्षेत्रमा सरकारले नै राहत वितरण गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले बताए । शाहीका अनुसार जिल्लामा खडेरीका कारणले जनताले भोग्नुपरेको समस्यालाइ सबैले एक भएर समाधान गर्नुपर्नमा सहमत हुनुपर्ने बताए ।
उनले खडेरी प्रभावित क्षेत्रका लागि जिल्ला प्रशासनले मात्र गरेर केही नहुने बताए । 'भोकमारीसँग जुध्न जिल्लामा रहेका राजनितिक दलहरुको सहयोग पनि आवश्यक छ, उनले भने । खडेरी प्रभावित भएका गाविसहरुका बारेमा आफु पनि चिन्ति बनेको शाहीले बताए ।
जिल्लाका अधिकांश गाविसहरुमा समयमै पानी नपर्दा खेतीयोग्य जमिन बाझै रहेका छन् ।