arrow

भारतीय थल सेनाध्यक्ष दलवीर सिंह नेपाल आउँदै

राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
dalbir-singh-suhag-pti-new.jpeg

काठमाडौ‌ । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि काठमाडौँ आउँदै छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी समेत हुने छन् ।

नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रही आएको छ । उनले यस अघि २०७१ साल कात्तिकमा पनि नेपालको औपचारिक भ्रमणमा गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपाल भ्रमणको क्रममा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा कातिक १५ देखि सञ्चालन भइरहेको संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण पनि गर्ने छन् । यो सूर्य किरणको दशौँ संस्करण अभ्यास हो ।

उच्च तहको सैनिक नेतृत्वबाट हुने भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध र द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ