arrow

काँग्रेस नेता पौडेलले मधेसवादी दललाई भने– बहानामा उपलब्धी नगुमाउनुस्

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
ramchandra_paudel.jpg.jpeg

भक्तपुर । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत मधेसवादी दलहरूलाई सानोतिनो विवादमा अल्झिएर ठूलो उपलब्धीलाई गुम्न नदिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेस १६ नम्बर वडा इकाई कार्यसमितिले मध्यपुरथिमिको लोकन्थलीमा आयोजना गरेको १०१औं गणेशमान सिंह जन्मजयन्ती कार्यक्रममा पौडेलले ७० वर्षपछि प्राप्त उपलब्धीलाई गुम्न नदिन आग्रह गरे ।

मधेसवादी दललाई लचिलो भएर सहमतिमा आउन आग्रह गर्दै उहाँले एमालेलाई पनि आफ्नो अडान छाडेर लचिलो भएर मधेस मुद्दा टुङ्याउन पौडेलले अनुरोध गरे ।

नेता पौडेलले राज्यको पुनःसंरचनालाई कुरेर स्थानीय निर्वाचनलाई पछाडि धकेल्न नहुने बताउँदै अहिले कै अवस्थामा भएपनि आगामी चैत्रसम्ममा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

राज्य पुर्नसंरचना आयोगले राम्रो काम गर्न नसक्दा संविधान संशोधन र निर्वाचनमा अप्ठ्यारो पारेको चर्चा गर्दै नेता पौडेलले जिल्लाबाट पुर्नसंरचनाको प्रस्ताव आयोगमा आईरहँदा स्थानीय जनताले विरोध गर्दा समस्या परेको बताए ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेसका भक्तपुर पूर्वसभापति गणेशमान चक्रधर, महासमिति सदस्य अष्ट कवें लगायतले पार्टी नेतृत्व पंक्तिले गणेशमानको निस्वार्थ देशप्रतिको भक्ति, इमान्दारिता र निष्पक्षताको अनुशरण गर्नुपर्नेमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ