arrow

क्षणिक स्वार्थपूर्तिका लागि द्वन्द्व गराउन खोजियो : ओली

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
oli-voice-lokman-new.jpeg

धनगढी । एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको बताएका छन् ।

एमाले प्रदेश नम्बर ७ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सामाजिक एकता र राष्ट्रिय सद्भाव अहिलेको प्रमुख आवश्यकता भएपनि बाह्य शक्तिहरूले जात, धर्म, भाषा, भूगोल र क्षेत्रका नाममा द्वन्द्व खडा गर्न खोजेको आरोप लगाए ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै अध्यक्ष ओलीले आफ्नो सार्वभौेमसत्ता, स्वतन्त्रताको प्रयोग गर्ने अधिकार स्वयं नेपालीलाई भएको बताए ।

राष्ट्रिय हितभन्दा पनि सत्ता र आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर केही शक्तिहरूले काम गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा एमाले राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने बताए ।

एमाले नेता माधवकुमार नेपालले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले वैदेशिक हस्तक्षेप अस्वीकार नहुने बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल लगाएतका नेताहरू पनि सहभागि थिए । भेलामा सात नम्बर प्रदेशका झण्डै चार सय अगुवा कार्यकर्ता सहभागि छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ