arrow

कांग्रेस र माओवादीको विधान सम्मेलन सँगसँगै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सँगसँगै हुने भएको छ । अर्थात् दुवैको सम्मेलन फागुन पहिलो साता हुने भएको हो । 

नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुने तय भएको छ । कांग्रेसको महासमिति अर्थात् विधानसम्बन्धी छलफल हुने बैठक तेस्रो पटक सरेको हो । 

त्यस्तै माओवादी केन्द्रले आजमात्रै घोषणा गरी फागुन पहिलो साता विधान सम्मेलन हुने जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको छ । 

पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य सदस्यको रुपमा रहेका छन् ।

माओवादी त्यस्तो पार्टी हो जसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदाबहार अध्यक्ष छन् । 

कांग्रेसले भने हरेक चार वर्षमा महाधिवेशन गर्दै सभापतिको निर्वाचन गर्दैै आएको छ । माओवादीले २०७८ सालमै महाधिवेशन गरेको थियो । कांग्रेसले २०७८ कै मंसिरमा महाधिवेशन गरी दोस्रो पटक शेरबादुर देउवालाई सभापति बनाएको थियो । 

कांग्रेसको १५ औँ महाधिवेशन २०८२ मा गर्ने गरी तयारी हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ