arrow

भारतमा कोरोना तीव्र गतिमा फैलदै, ६४० नयाँ संक्रमित, नेपालबाट फर्केकामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ तीव्र रुपमा फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४० नयाँ संक्रमित थपिएका छन् । 

एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या २ हजार ९९७ पुगिसकेको छ । 

केरलमा मात्रै २ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार २६५ नयाँ संक्रमित थपिएका थिए । एक जनाको मृत्यु भएको थियो । 

यसैबीच राजस्थानको जयपुरमा एक महिनाको बच्चा कोरोना पोजेटिभ पाइएको छ । कर्नाटकमा १०५ तथा महाराष्ट्रमा ५३ जना संक्रमित रहेका छन् । 

यूपीको नोएडामा एक महिनापछि एक जना पोजेटिभ देखिएका छन् । चिकित्सकका अनुसार ५४ वर्षका उनी हालै नेपाल आएका थिए । उनी हरियाणाको गुरुग्राममा काम गर्छन् । 

कोरोनाको नयाँ भेरियन्छ जेएन–१ तीव्र रुपमा विश्वभर फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४१ देशमा नयाँ भेरियन्ट फैलिइसकेको छ । 

संगठनले सावधानी अपनाउन आग्रह गर्दै सन्देश जारी गरिसकेको छ । नयाँ भेरियन्टबाट रुघाखोकी, घाँटीमा खसखस, नाकबाट सिंगान बग्नु र काँसो लाग्नुका साथै टाउको दुख्ने समस्या देखिइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ