arrow

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
Udaya Bahadur Parajuli.jpg

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली फरार भएका छन् । 

पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र थप र शाखा विस्तारका लागि स्वीकृत दिनेक्रममा एक करोडभन्दा बढी घुस खाएको आरोप लागेपछि उनी फरार भएका हुन् ।

तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रहेका उनले कार्यक्षेत्र थप र शाखा विस्तारका लागि स्वीकृत दिनेक्रममा मित्रमिलन सहकारीबाट उनले १ करोड ५ लाख रुपैयाँ घुस लिइएको खुलेको छ । 

सहकारीको रकम हिनामिना सम्बन्धमा अनुसन्धान गर्नेक्रममा उनले घुल लिएको खुलेपछि प्रहरीले जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जीसमेत लिइसकेको छ ।

सहकारीको कार्यक्षेत्र गण्डकी प्रदेशभरि हुने गरि सहकारी सञ्चालकहरुले उनलाई सो रकम बुझाएको बताइएको छ । पराजुलीले गण्डकी प्रदेशभर कार्यक्षेत्र बनाउनका लागि स्वीकृत गर्न सकेनन् । उनले स्याङ्जाको आँधिखोला मात्र कार्यक्षेत्रत्र थपिएपछि उनलाई बुझाएको रकम फिर्ताका लागि दवाव दिइएको थियो । यसक्रममा उनले रु. २२ लाख मात्र फिर्ता गरेको बताइएको छ । 

पराजुली र सहकारीका सञ्चालकबीच सेटिङ मिलाउने काम गरेका सञ्जय दाइ भनिने अभिषेक काफ्ले (खुमानन्द) पनि फरार छन् । उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

यता, फरार भनिएका पराजुलीले बिदा लिएर बसेको कुश्मा नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलले पराजुली सहसचिवको परीक्षा दिने भन्दै पुस २ देखि ८ गतेसम्मका लागि बिदा लिएर बसेको बताए ।

पौडेलले भने, ‘उहाँले ८ गतेसम्मका लागि बिदा लिनुभएको छ । १० गतेतिर कार्यालय आइपुग्छु भन्नुभएको छ ।’ पराजुलीले प्रयोग गर्ने मोवाइल स्वीच अफ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ