arrow

तनहुँमा १२ स्थानीय तह सिफारिस

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
tanahu.png
दमौली । तनहुँबाट १२ वटा स्थानीय निकायका सिफारिस गरिएको छ । जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र आठ गाउँपालिका सिफारिस गरिएको हो ।
 
 व्यास, शुक्लागण्डकी, भानु र भीमादलाई नगरपालिका तथा बन्दीपुर, आँबुखैरेनी, ढोरबाराही, मरस्र्याङदी, रिसिङ, देवघाट, घिरिङ र म्याग्देलाई गाउँपालिकाका रुपमा सिफारिस गरिएको जिल्ला प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए । 
 
हाल भइरहेको बन्दीपुर र आँबुखैरेनी नगरपालिकालाई गाउँपालिका तथा मरस्र्याङ्दी र ढोरबाराहीलाई नयाँ गाउँपालिकाको रुपमा सिफारिस गरिएको हो । 
 
काँग्रेस, एमाले र माओवादी भने उक्त सिफारिसप्रति सन्तृष्ट हुन नसकेको बताइएको छ । 
 
आयोगले तनहुँमा न्यूनतम नौदेखि बढीमा १२ वटा स्थानीय तह गठनका लागि प्रतिवेदन पेस गर्न सिफारिस गरेको थियो ।
 
 स्थानीय विकास अधिकारी तिवारीले जिल्लामा क्रियाशील १८ वटै दलको सुझावका आधारमा उक्त स्थानीय तह सिफारिस गरिएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ