arrow

निषेधको राजनीतिले मुलुक अघि बढ्दैन : महासचिव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
Dev Gurung.jpg

लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

बेँसीसहर नगरपालिका-५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए । 

उनले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताए । 

शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भने, “शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ ।” 

गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ