काठमाडौँ । व्यवस्थापिका–संसद्को बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले बैठक विशेष कारणले स्थगन भएको जनाएको छ ।
संसद् सचिवालयले सूचना प्रकाशित गरी बिहीबारका लागि निर्धारित गरिएको बैठक स्थगन गरेको हो ।
संसद् बैठकमा बिहीबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
यसअघि बसेको बैठकले तिहार र छठपछि बैठक बस्ने गरी कार्की विरुद्धको महाअभियोग सम्बन्धमा एक दिनमात्र छलफल गरी लामो समय संसद स्थगित गरिएको थियो ।
यति लामो समयसम्म बैठक स्थगित भए पनि दलहरुले विशेष छलफल गरेका छैनन् ।
लोकमानबारे आपसमा छलफल गरी निक्र्याौलमा पुग्ने बताए पनि मुख्य दलहरुबीच यस विषयमा छलफल हुनै सकेको छैन ।
एमाले र माओवादी केन्द्रले दर्ता गराएको महाअभियोग प्रस्ताव संसदमा दर्ता भए पनि एक तिहाइ मत बोकेको संसदको सबैभन्दा ठूलो दल काँग्रेसले भने अझै निर्णय गरेको छैन ।
काँग्रेसभित्र महाअभियोग लगाउनु पर्ने÷नपर्ने बारेमा विवाद छ ।
साना दलले भने महाअभियोग गलाउनु पर्नेमा जोड दिएका छन् ।
संसद्को अर्को बैठक शुक्रबार कार्तिक २६ गते बिहान ११ बजे बस्ने जनाइएको छ ।