arrow

ट्रम्पले जितेपछि अमेरिकामै तनाव, विभिन्न राज्यमा हजारौं सडकमा, भन्छन्, ‘ट्रम्प हाम्रो राष्ट्रपति हैन’

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
anti-trump.jpeg
न्यूयोर्क। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टामै डोनाल्ड ट्रम्पको विरोध चर्किएको छ। अमेरिकाका विभिन्न राज्यमा ट्रम्पमाथि विभिन्न आरोप लगाउँदै विरोधीहरुले प्रदर्शन गरिरहेका छन् ।‘ट्रम्प हाम्रो राष्ट्रपति हैन’ भन्दै प्रदर्शनकारीले सडक नै अवरुद्ध गरेका छन्। 
 
 
ट्रम्पको जीतको विरोधमा न्यूयोर्क, शिकागो, फिलाडेल्फिया, शियाटल, टेक्सस, आयोवा, क्यालिफोर्निया, बोस्टनलगायतका मूख्य शहरमा विरोध प्रदर्शन गरिएको हो ।
 
यसअघि बुधबार सम्पन्न मतगणनामा आफ्ना प्रतिष्पर्धी हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन उम्मेद्वार ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
 
गैरराजनीतिक पृष्ठभूमिबाट आएका धनाढ्य ब्यापारी ट्रम्पले चार बर्षका लागि ह्वाइट हाउस कब्जा गरेसंगै अमेरिकामा विधिको शासनको उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । उनीहरुले ट्रम्पलाई नश्लवादी चरित्रको व्यक्तित्व भनी आलोचनासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ