arrow

धादिङ-पोखरा सम्पर्क समाजको साधारण सभा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
Dhading-pkr Samaj.jpg

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले धादिङ समाजलाई आफूले निकै नजिकबाट नियालिरहेको भन्दै समाजको कामको प्रशंसा गरे ।

उनले समाजले गर्ने प्रत्येक महत्वपूर्ण काममा आफ्नो र पोखरा उद्योग वाणिज्य संघको साथ रहने प्रतिवद्धता जनाए । 

धादिङ विशेषगरि कृषिबाट परिचित रहेको र धादिङवासी पनि निकै मेहनति भएको भन्दै उनले पोखरामा रहेर पनि कृषिलाई प्राथमिकता दिन आग्रह गरे ।

पोखरालाई पोखरा बनाउनका लागि धादिङवासीको महत्वपूर्ण योगदान रहेको अध्यक्ष प्रजापतिले चर्चा गरे । 

अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनालले धादिङ समाज निकै ठूलो सामाजिक संस्था भएको भन्दै यस समाजबाट अन्य समाजले पनि शिक्षा दिन सक्नुपर्ने बताए ।

समाज स्थापनाका तदर्थ समिति अध्यक्ष नवराज दुवाडीले निकै कष्टका साथ स्थापित समाज आज यो स्थानसम्म आइपुग्दा गर्वले छाती चौडा भएको बताए । उनले आगामी दिनमा पनि तेरो र मेरो, यो पार्टी र त्यो पार्टी नभनि समाजलाई अझै गतिशील बनाएर अघि बढाउन सुझाव दिए । 

अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले धादिङ समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा गरे । 

धादिङ नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण रम्तेलले पोखरामा कर्मथलो बनाएका धादिङवासीले सामाजिक क्षेत्रमा निकै ठूलो योगदान दिएको आफूले पाएको बताए । एक जिल्लावासीको पीडामा अर्कोले साथ दिनु निकै पूण्य मिल्ने कार्य भएको भन्दै यसबाट जिल्लामा क्रियाशील संस्था संघसंस्थाले पाठ सिक्नुपर्ने खाँचो औंल्याए ।

धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बबीता मल्लले धादिङ समाजले सामाजिक क्षेत्र र जिल्लावासीको दुःख, सुखमा निकै धेरै योगदान दिएको भन्दै अबका दिनमा महिलाका लागि पनि केही कार्यक्रम ल्याइदिन आग्रह गरिन् ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार रामकृष्ण दुवाडी, धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइ अध्यक्ष सरोज कुँवर, धादिङ-पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरु, कार्यक्रम संयोजक दिनेश तुलाधर र महासचिव हरि पन्त लगायतले बोलेका थिए । 

साधारणसभामा महासचिव पन्तद्वारा प्रस्तुत वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र विकद्वारा प्रस्तुत आयाव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ